Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

जिल्ला प्रशासन कार्यालय, रुपन्देही

ईलाका प्रशासन कार्यालय, बुटवल, रुपन्देही

नेपाल सरकार

जिल्ला प्रशासन कार्यालय, रुपन्देही

ईलाका प्रशासन कार्यालय, बुटवल, रुपन्देही

न्यून व्यान्डविथ Invert Color A- A A+

सेवाग्राहीसँग इलाका प्रशासन कार्यालय, बुटवलकाे अनुरोध

2075-12-19

2075-12-19


सेवाग्राहीसँग इलाका प्रशासन कार्यालय, बुटवलकाे  अनुरोध

1.   इलाका प्रशासन कार्यालयबाट प्रदान गरिने कुनै पनि सेवावापत सेवाग्राहीले कुनै अतिरिक्त शुल्क तिर्नु  पर्दैन ।

2.   इलाका प्रशासन कार्यालयको कामको लागि भनी कोही कसैलाई चिन्न भनसुन गराउन वा सोर्स लगाउनु पर्दैन ।

3.   इलाका प्रशासन कार्यालयका कर्मचारीहरुसँग राम्रो सम्बन्ध छ भनी हामी काम मिलाई दिन्छौं भन्दै बिचौलियाको काम गर्ने व्यक्तिहरुको विश्वास नगर्नुहोस । यदि कसैले त्यस्तो गरेको थाहा पाएमा कार्यालय प्रमुखलाइ सूचना दिनुहोस् ।

4.   कामसँग सम्बन्धित कागजपत्रहरु असम्बन्धित व्यक्तिहरुलाई नदिनुहोस् ।

5.   इलाका प्रशासन कार्यालयका कर्मचारी कानूनबमोजिम तपाईको सेवा गर्न हरदम प्रयत्नशील  छन् । तपाईको सन्तुष्टी नै हाम्रो सन्तुष्टी हो ।

6.   ज्येष्ठ नागरिक, अपाङ्ग, अशक्त र विपन्नहरुको लागि प्राथमिकता साथ सेवा उपलब्ध हुन्छ । साथै यस कार्यालयमा प्रयोग हुने निवेदन निशुल्क सहायता कक्ष (Help Desk) बाट उपलब्ध हुने र लेखि दिने समेतको व्यवस्था भएकोले सहायता कक्ष (Help Desk) मा सम्पर्क राख्नुहोस ।

7.   सहायता कक्ष (Help Desk) का कर्मचारीहरु तपाईको काममा सहजीकरण गर्न तत्पर छन् ।

8.   कार्यालयको सेवासम्बन्धी थप जानकारी आवश्यक परेमा यस कार्यालयको वेभसाइट aaobutwal.moha.gov.np मा जानकारी लिन सकिने छ ।

9.   इलाका प्रशासन कार्यालय, बुटवलमामा आफ्नो काम कारवाहीसँग सम्बन्धित कुनै गुनासो, पीरमर्का, अनियमितता, ढिलासुस्ती जस्ता विषयमा सम्बन्धित सेवाग्राहीहरुले सीधै आफ्नो मौखिक गुनासो, उजुरी, शिकायत र सुझाव दिन कार्यालयको फोन नम्बर ०७१-५४५००७ र ईमेल aaobutwal1@moha.gov.np मा सम्पर्क गर्नुहोस् वा यस कार्यालयको सूचना एवं गुनासो सुनुवाई अधिकारीसँग सम्पर्क गर्नुहोस् ।

10.               कार्यालय परिसरलाई प्लाष्टिक/फोहोर निषेधित क्षेत्र घोषणा गरिएको छ ।

पछिल्लो अपडेट गरिएको : 2082-11-11 15:58:09

© सर्वाधिकार सुरक्षित ईलाका प्रशासन कार्यालय, बुटवल, रुपन्देही .